
काभ्रे, कात्तिक २१ । काभ्रेमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
बनेपा नगरपालिका– ५ का ७० वर्षिय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
योसँगै काभ्रेका २४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।
यस्तै शुक्रबार जिल्लामा ४६ जना संक्रमित थपिएका छन् ।
जसमा बनेपा नगरपालिकाका १९ जना, धुलिखेल नगरपालिकाका ८ जना, नमोवुद्ध नगरपालिकाका १२ जना, पनौती नगरपालिकाका ३ जना, भुम्लु गाउँपालिकाका २ जना, मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिकाका एक ÷एक जना रहेका छन् ।
योसँगै संक्रमितको संख्या १ हजार ९ सय ५० पुगेको छ ।
उनीहरु मध्ये १ हजार ३ सय ९४ जना डिस्चार्ज भएका छन् ।
काभ्रेमा सकृय संक्रमितको संख्या ५ सय ३२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्