१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्ती नदीले बगाउँदा एकजनाको मृत्यु, एकजना बेपत्ता


0
Shares

चितवन, कात्तिक २१ । राप्ती नदीले बगाउँदा चितवनमा १ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो दाउरा खोज्न गएका भरतपुर महानगरपालिका वडानम्वर २४ वस्ने वर्ष ५५ की मन कुमारी तामाङ र सोही ठाउँकी वर्ष ४५ की श्रीमाया घलान लाई नदिले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरु भरतपुर २३ स्थित सामुदायिक बनको दोभानमा दाउरा खोज्न जाने क्रममा राप्ती नदिले बगाई बेपत्ता भएका थिए ।

बेपत्ता भएको खवर पाउनासाथ घटनास्थल गएको इलाका प्रहरी कार्यालय भण्डारा र दिब्यनगरबाट प्रहरीको टोलिले करिव १ बजे घटनास्थल देखी १ किलोमिटर तल वर्ष ४५ की श्रीमाया घलान को मृत शव फेला पारेको थियो भने मनकुमारी तामाङको प्रहरी, स्थानिय र आफन्तले खोजीरहेका छन् ।