१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजमार्गमा बढ्यो चेकजाँच


0
Shares

तनहुँ, कात्तिक २१ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई गरेको छ ।

चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिम हुने भएकाले चेकजाँचमा कडाइ गरिएको हो ।

लकडाउन खुलेसँगै पछिल्लो समय सार्वजनिक यातायात सञ्चालनमा आएपछि राजमार्गमा सवारी चाप बढेको छ ।

ट्राफिक प्रहरी कार्यालयले जिल्ला भरी नै चाडपर्वमा सुरक्षित यात्राका लागि चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम बहादुर रानाभाटले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्ग अन्र्तगतको व्यास १२ घाँसीकुवा क्षेत्रमा गरिएको चेकजाँचमा बिलवुक सवारी चालक अनुमतिपत्र नलिईकिन हिडेकोले त्यस्ता सवारीलाई ट्राफिक प्रहरीले सचेत गराएको छ ।

चालकलाई ओभरस्पिड, ओभरट्याक नगर्न र सवारी क्षमता अनुसार स्वास्थ्य मापदण्ड अपनाएर सावारी सञ्चालन गर्न आग्रह गरेको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।