१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनसेल र स्वास्थ्य मन्त्रालयबीच सहकार्य


0
Shares

काठमाडौं, कात्तिक २१ । एनसेल आजियाटा लिमिटेडले कोरोनाभाइरसको संक्रमणबाट बच्ने मुख्य उपायसहित जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गरेको छ ।

कम्पनीले कोरोना भाइरस सम्बन्धी जनसचेतनाका लागि कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनै पर्ने उपायहरु व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हातधुने सन्देश फैलाउँदै आएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले कोरोनासंक्रमण रोक्न, र जनमानसमा कोरोना बारेमा जनचेतनाजगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गर्ने बताउनुभयो ।

स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवक्ता डा. जागेश्वर गौतमले हालको अवस्थामा कोरोना प्रतिकार्यका लागिनयाँ समाधान र विशेषज्ञताका साथडटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

कोरोनाभाइरस विरुद्घको पहलअन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथाक्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ रु. १० करोड योगदान गरेको थियो ।