
काठमाडौं, कात्तिक २१ । अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौति रहेको बताउनुभएको छ ।
अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौति रहेको श्रेष्ठले बताउनुभएको छ ।
उहाँले अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन समस्या देखिएको बताउनुभयो ।
अहिले पनि तीन वटै तहका सरकारले विभिन्न आयोजनामा खर्च गर्नुपर्ने २ खर्ब भन्दा बढी रकम खर्च हुन नसकेकोले चुनौति रहेको श्रेष्ठको भनाइ थियो ।
पूँजीगत खर्च बढाउने तर्फ मन्त्रालयले विशेष ध्यान दिएको पनि उहाँले बताउनुभयो ।
यस्तै अहिले पुरक बजेट ल्याउनुपर्ने आवश्यकता नरहेको पनि श्रेष्ठले स्पष्ट पार्नुभएको छ ।
बजेटलाई परिमार्जन गर्ने भन्दापनि कार्यान्वयन पक्षमा जोड दिइएको उहाँले बताउनुभयो ।
अहिलेकै सरकारले ल्याएको बजेट भएकाले परिमार्जन गर्ने भन्दापनि प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
विभिन्न क्षेत्रमा पुरक बजेट ल्याउने चर्चा भएपनि आवस्यकता नरहेको स्पष्ट पार्नुभयो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास भर्खरै सुरु भएकाले पनि अहिले नै बजेटमाथि समिक्षा गर्ने बेला भइनसकेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्