
जनकपुर, कात्तिक २१ । प्रदेश २ मा पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९, पर्सामा १४ ,बारामा चार , महोत्तरीमा १० , रौंतहटमा १३ , सप्तरीमा ११ , सर्लाहीमा पाँच र सिरहामा ३१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
यस प्रदेशमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक हजार नौं जना छन् भने अहिलेसम्ममा सङ्क्रमणबाट १७ हजार ५८१ जना उपचार गराइ निको भएर घर फर्केका छन् ।
यसैगरी प्रदेशमा १६५ जनाको सङ्क्रमणको कारण मृत्यु छ ।
होम आइसोलशनमा ९८६, सघन कक्षमा उपचार कक्षमा ४३ र भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्