१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्पले अझै हार स्वीकारेनन्, भन्छन्–अदालती निर्णय कुर्छु


0
Shares

us Trump lose the election

एजेन्सी, कात्तिक २३ । मतदाताबाट पराजित अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले अझै परिणाम स्वीकार्नु भएको छैन ।

बरु उहाँ जो बाइडनको जीतको घोषणालाई अनधिकृत भन्दै सञ्चारमाध्यमहरुले दिएका समाचार प्रक्षेपण मात्र भएको बताउँदै हुनुहुन्छ ।

तर नतिजाले भने ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाइदिसकेको छ ।

सन् २०१६ को निर्वाचनमा आफूलाई जिताएका संग्रामी राज्यहरुमा बाइडनले जितिसक्दा पनि उहाँ निर्वाचन नसकिएको प्रतिक्रिया दिँदै हुनुहुन्छ ।

आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्न पुग्नुभएका ट्रम्पले एक वक्तव्यमा भन्नुभएको छ, ‘किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छः उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन ।’

ट्रम्पले भन्नुभएको छ, ‘सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन ।’

निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन् ।

ट्रम्पले सोमबारदेखि आफ्नो टोलीले अदालतमा मुद्दा हालेको र अदालती निर्णयपछि मात्र विषय टुंगिने बताउनुभयो ।

तर ट्रम्पले आशा गरेका पेन्सिल्भेनिया, विस्कन्सिन, मिचिगन, एरिजोना जस्ता राज्यमा बाइडनले जीत हात पारिसक्नु भएको छ ।

यद्यपि, निर्वाचन आयोगले अन्तिम परिणाम भने सार्वजनिक गरिसकेको छैन ।