१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङ्जामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु


0
Shares

स्याङ्जा, कात्तिक २३ । स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भिरकोट नगरपालिका– ५ हर्खौडीस्थित कच्ची सडक खण्डमा पकान फाँटबाट पराल बोकेर हर्खौडी तर्फ जादैँ गरेको लु १ च २६९६ नं को जीप शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका भिरकोट नगरपालिका अन्य पाँच जनाको कालिका सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जीप चालक राजु पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ ।

जीप सडकदेखि अन्दाजी ३० मिटर तल खसेको थियो ।