
काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
२४ घण्टामा १२,३११ जनाको पीसीआर परीक्षण गरिएको छ ।
काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५७९२६ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्