१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले दियो नेपाललाई २८ वटा भेन्टिलेटर


0
Shares

काठमाडौं, कात्तिक २३ । भारतले नेपाललाई २८ वटा भेन्टिलेर सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्यमन्त्री ढकालले आफु अफ्ठ्यारोमा भएपनि विगत देखि नै सहयोग गर्दै आएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने बताउनुभयो ।

भारतका राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यता रहेको बताउनुभयो ।

उहाँले कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलिका दिनमा पनि सहयोग जारी रहने बताउनुभयो ।