
काठमाडौं, कात्तिक २३ । कोरोना संक्रमणको जोखिमका कारण तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय चौपट बनेको छ ।
विगतका वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शून्य भएपछि अहिले फूर्सदमा छन् त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुंदै गएको छ ।
काठमाडौंको बसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायीहरु कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको बताउछन् ।
यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको बाहाना गर्न पाइने अवस्था भएपनि प्रविधिले भने मौलिक संःकृतिमाथि नै धावा बोलिरहेको छ ।
डिजिटल गीत सङ्गीतको कारणले पनि मादल बजाउने परम्परा नै सङ्कटमा पर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्