
काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग माग्नु भएको छ ।
बैठक डाक्न सचिवालयका बहुमत सदस्यहरूले लिखित माग गरेको भोलिपल्ट उहाँले नेता नेपाललाई बालुवाटार बोलाएर तीनघण्टा भलाकुसारी गर्दै सहयोग माग्नु भएको हो ।
तर नेता नेपालले पार्टी अहिलेको अवस्थामा पुग्नुमा ओलीनै कारक रहेको भन्दै सच्चिन आग्रह गर्नु भएको थियो ।
उहाँले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओली लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको समेत सहभागीता थियो ।
शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र प्रधानमन्त्री ओलीलाई बुझाउनुभएको थियो ।
त्यसक्रममा ओली र प्रचण्ढसहितका नेताहरुबीच कटुतापूर्ण सवालजवाफ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्