१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


छात्रालाई निःशुल्क साइकल वितरण


0
Shares

चितवन, कात्तिक २४ । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १६२ जना छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ ।

विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको महानगरप्रमुख रेणु दाहालले बताउनुभयो ।

कार्यक्रममा सहभागी किशोरीहरुले साइकल पाएपछि समयमै विद्यालय पुग्न पाइने र पढाइ नछुट्ने भन्दै खुशी व्यक्त गरे ।

महानगरले विभिन्न ६ वटा वडाका विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल दिएको हो ।