६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


शेयर बजारमा सुधार


0
Shares

काठमाडौं, कात्तिक २४ । साताको पहिलो दिन दोहोरो अंकले सुधारिएको शेयर बजारमा सोमबार भने सामान्य अंकको सुधार आयो ।

यस दिन चार अंकले नेप्से उकालो लाग्दा परिसुचक १६ सय ५२ पुग्यो ।

यस दिन कारोवार पनि उच्च अंकले भएको छ ।

योसँगैे हालसम्मको बजार पुजीकरण २२ अर्ब बढीको भएको छ ।

सोमबार ठुला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले ओरालो लाग्यो छ ।

सोमबार लघुवित्त, उत्पादन, निर्जिवन बिमा, व्यापार र अन्य समुहमा दोहोरो अंकले सुधार आउदा वाणिज्य बैक, विकास बैक, जलविद्युत, र जिवन बिमा समुह भने ओरालो लागेका छन् ।

यसदिन कर्पोरेट बैकको शेयर मुल्य उच्च अंकले बृद्धि हुँदा मिथिला लघुवित्त वित्तिय संस्था, सानिमा जेनेरल इन्स्युरेन्स, नेपाल रिइन्स्युरेन्स कम्पनीको शेयरमा लगानीकर्ता सर्वाधिक आर्कषित रहे ।

सोमबार एक सय ९५ कम्पनीको १० लाख बढी कित्ता शेयर तीन अर्ब ६९ कारोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।