१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न मुख्यमन्त्री भट्टको निर्देशन


0
Shares

काठमाडौं, कात्तिक २४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको हो ।

उहाँले प्रदेशका सबै अस्पतालहरूमा अक्सिजन बेड थप्न समेत निर्देशन दिनुभयो ।

छलफल पछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको स्वास्थ्य अवस्था र उपलब्ध उपकरणका बारेमा जानकारी लिएको र भविश्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पूर्वाधार निर्माण गर्न निर्देशन दिएको बताउनुभयो ।

अस्पतालहरुका अक्सिजनको आपूर्ति नियमित राख्न र आवश्यक परेमा ५० शैयाको थप एक अस्पताल निर्माणको तयारी थाल्न समेत निर्देशन दिएको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

छलफलमा सहभागी सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा स्वास्थ्य पूर्वाधारलाई व्यवस्थित पार्ने काम भइरहेको बताउनुभयो ।