
काठमाडौं, कात्तिक २५ । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यसपटकको भाइटीकामा सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवालीले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि प्रवेश खुला गरिने बताउनुभएको हो ।
यसको व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यसँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।
वि.स.२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि गत असोज १५ गते रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्