
काठमाडौं, कात्तिक २५ । सडक सुरक्षाको हिसावले धनगढी उपमहानगरपालिका असुरक्षीत बन्दै गएको छ ।
मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकर र सवारी साधनको अवस्थित पार्किङ्गले सडक असुरक्षित बन्दै गएको हो ।
बाक्लो बस्ती र सँगै जोडिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशको डिपो तथा सडक क्षेत्रमा जथाभावी ट्यांकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय बासी चिन्तित भएका छन् ।
वि.स.२०३७ सालमा खुला ठाउँमा स्थापना गरिएको आयल निगमको सुदूरपश्चिम डिपो चारैतिर बस्ती बिस्तार भएपछि धनगढी असुरक्षित भएको हो ।
नेपाल आयल निगम धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ ।
गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएपनि व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरगता दिदै आएकाले समस्या जटिल बन्दै गएको हो ।
सरोकारवाला निकायले सडकमा ट्यांकर पार्किङ नगर्न अनुरोध गरेपनि निगमले वेवास्ता गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्