२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेप्से दोहोरो अंकले उकालो लाग्यो


0
Shares

काठमाडौं, कात्तिक २५ । केहि दिन यता सकरात्मक रहेको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आउँदा कारोबारमा पनि उछाल आयो ।

उतारचढाव बिच बजार परिसुचक नेप्से २५ अंकले उकालो लागेर १६ सय ७८ पुग्यो । ४ अर्ब बढिको कारोबार भयो ।

यसदिन कारोबार भएका अधिकाशं समुहमा सुधार आएसँगै नेप्से पनि सुधारिएको हो ।

यसदिन जीवन बिमा समुह सबैभन्दा उच्च ४ सय ७६ अंकले उकालो लाग्दा नीर्जिवन बिमा, व्यापार, होटल, उत्पादनमुलक र अन्य समुह दोहोरो अंकले सुधारियो ।

जलविद्युत समुह र सामुहिक लगानी कोष समुह नगन्य अंकले मात्र रातो रहे ।

यसदिन १ सय २ कम्पनीकोे शेयर मुल्य बढ्दा ५० कम्पनीको शेयर मुल्य घट्यो ।

यसदिन नेपाल रिईन्सोरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार हुँदा नेपाल लाईफ ईन्सोरेन्स कम्पनीको पच्छयाउन पुग्यो ।

यसदिन १ सय ९६ कम्पनीको ९६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।