
काठमाडौं, कात्तिक २५ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएका समस्याहरु समाधानका लागि नेपाल सरकारले पहल नगरेमा व्यवसायीहरु नाकामै बसेर धर्ना बस्ने चेतावनी दिएका छन् ।
महासंघले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै १० महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु अझै सहज रुपमा नेपाल नसकेको भन्दै तत्काल समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरेका छन् ।
नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएको र दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ ।
नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनितिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ, विज्ञप्तीमा भनिएको छ ।
महासंघको आग्रह पछि तातोपानी नाका खुला गरेपनि अहिले नाका खुला भनिए पनि मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन नसकेको गुनासो व्यवसायीहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्