१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने


0
Shares

India bihar election nitish kumar Tejaswi yadav

काठमाडौं, कात्तिक २६ । भारतको बिहारमा सम्पन्न विधान सभा निर्वाचनमा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो दलका रुपमा देखिएको छ ।

यादवको आरजेडीले २४३ सदस्यीय विधान सभामा सबैभन्दा बढी ७५ सीटमा जितेको छ । तर यादव नेतृत्वको महागठबन्धन बहुमत ल्याउनबाट थारे सीटले रोकियो । महागठबन्धनले जम्मा ११० सीट पाएको छ ।

सरकार बनाउने अवसर भने जनमतमा ४३ सीटका साथ तेस्रो स्थान पाएका वर्तमान मुख्यमन्त्री जनता दल यूनाइटेड (जेडियू) का नेता नितिश कुमारले पाउने हुनुभएको छ ।

भारतको सत्तारुढ दल बिजेपीसँग गठबन्धन बनाएर निर्वाचनमा होमिएको जेडियूले पाँच वर्षअघिको नतिजा जोगाउन नसकेको मात्र होइन, ४७ सीटका साथ तेस्रो स्थानमा खुम्चिएको छ ।

गठबन्धनको भाजपाले भने आरजेडीलेभन्दा एक सीट कम जित्दै ७४ स्थानमा विजयी भएकाले सरकार बनाउन आवश्यक पर्ने सख्या जुटाउँदै एनडिए गठबन्धनले १ सय २५ सिट पाएको छ ।

गठबन्धनमा भाजपाको हात बलियो भएकाले मुख्यमन्त्री रहँदा पनि नितिशको हात भने बाँधिने देखिन्छ । भाजपालाई चित्त बझाउन नसके नितिशको सत्ता जहिलेसुकै धरापमा पर्न सक्ने अवस्था पनि छ ।

भाजपा–जेडियू गठबन्धनलाई निकै कडा टक्कर दिएको पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिटमा चित्त बुझाउनु परेको हो ।

जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दशक बिहारको हुने र त्यसको लक्ष्य आत्मनिर्भर बिहार हुने बताउनुभएको छ ।

बिहार विधान सभा निर्वाचनमा सबैभन्दा बढी राष्ट्रिय जनता दलले ७५, भारतीय जनता पार्टीले ७४, जेडियू ४३ सिट जित्न सफल भएका छन् ।

यस्तै कांग्रेसले १९, कम्युनिष्ट पार्टीहरुले १६, मुस्लिम पार्टीले ५, हिन्दूस्तान अवाम मोर्चा र विकासशील इन्सान पार्टीले क्रमशः चार/चार सिट, लोक जनशक्ती र बहुजन समाज पार्टीले १/१ स्थान जितेका छन् ।