९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतमा सक्रिय संक्रमितको संख्या तीन महिनायताकै कम


0
Shares

काठमाडौं, कात्तिक २६ । भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ ।

यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच लाखभन्दा कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ९४ हजार ६५७ रहेको छ ।

भारतमा दैनिक सङ्क्रमितहरुको संख्यामा पनि कमी आएको छ ।

पछिल्लो २४ घण्टामा ४४ हजार २८१ जनामा संक्रमण देखिएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख ३६ हजार बढी पुगेको छ भने मृतकको संख्या एक लाख २७ हजार ५ सय नाघेको छ । (एजेन्सी)