१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


चितवनमा कोरोना संक्रमणबाट ५५ वर्षीय पुरुषको मृत्यु


0
Shares

चितवन, कात्तिक २६ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।