
काठमाडौं, कात्तिक २६ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ ।
२४ घण्टामा १०हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १६६६ जना डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६१ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना संक्रमित थपिएका छन् ।
सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्