
काठमाडौं, कात्तिक २६ । केही दिन यता उचाइको नयाँ रेकर्ड कायम गर्देै आएको शेयर बजार बुधबार पुन १७ सय बिन्दु नाघेको छ ।
बजार खुलेदेखि नै निरन्तर उकालो लागेको शेयर बजारमा अन्तिम समयसम्म १७ सय ७ बिन्दु पुग्यो ।
यसदिन बजार २८ अंकले सुधार आँउदा १७ सय ७ अंकमा पुग्यो । कारोबार ४ अर्ब नाघ्यो ।
यसदिन वित्त समुह सामान्य अंकले रातो रहेबाहेक अरु सबै समुह उकालो लागे ।
निर्जीवन बीमा समुह ३ सय ३९ अंकले उकालो लाग्दा उत्पादनमुलक समुह २ सय अंकले उकालो लाग्यो ।
व्यापार, वाणिज्य बैंक, होटल र अन्य समुह दोहोरो अंकले उकालो लाग्यो । यसदिन १ सय १ कम्पनीको शेयर मुल्य बढ्दा ५३ कम्पनीको शेयर मुल्य घट्यो ।
यसदिन नेपाल दुरसञ्चार कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भए ।
यसदिन १ सय ९५ कम्पनीको १२ करोड ५२ लाख कित्ता शेयर ४ अर्ब ९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्