
काठमाडौं, कात्तिक २६ । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगन भएको छ ।
बैठक शुक्रबार सम्मलाई स्थगन भएको हो ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तीमा कार्तिक २८ गते शुक्रबार दिउँसो १ बजेलाई आवहान गरिएको उल्लेख छ ।
योसँगै कांग्रेसले पाँचौ पटक केन्द्रीय कार्यसमिति बैठक स्थगन गरेको हो ।
असोज १९ गतेलाई बोलाइएको बैठक केन्द्रीय सदस्य तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपश्चात् स्थगन भएको थियो ।
त्यसयता कोभिड तथा पार्टीभित्रको आन्तरिक विवादका कारण बैठक पटक पटक स्थगन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्