२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


पर्वतमा बालिकालाई जवरजस्ती करणी गर्ने २९ वर्षिय युवक पक्राउ


0
Shares

पर्वत, कात्तिक २६ । पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानीकी ३ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वतकै फलेवास नगरपालिका वडा नं. ११ पाङराङ स्थायी घर भई विहादी गाउँपालिका वडा नं. ३ रानीपानी बस्ने २९ वर्षिय शोभाखर दर्जी रहेका छन् ।

गत सोमवार दिउँसो पौने १ बजेको समयमा बालिकालाई जवरजस्ती करणी गरको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षक बिजय कुमार सिंहको कमाण्डमा खटिएको प्रहरीले घटनास्थल वरिपरिवाटै पक्राउ गरेको हो ।

पक्राउ परेका दर्जीलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

पिडित बालिकाकी आमाले जवरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त पेश गरेकाले मंगलवारै पर्वत जिल्ला अदालतमा जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरिएको छ ।