१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुष्पलाल चक्रपथ निर्माण गर्न बोलपत्र आह्वान


26
Shares

मकवानपुर, कात्तिक २६ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले मदनभण्डारी मार्ग तथा पुष्पलाल चक्रपथ निर्माणको लागि प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकेको बताउनुभएको छ ।

उहाँले बिहीबार कुरा गर्दै प्रदेशको चितवन, मकवानपुर र धादिङ् जिल्ला बाहेक जोड्ने पुष्पलाल राजमार्ग निर्माणको लागि आवश्यक कानूनी प्रक्रिया पुरा गर्ने अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले पुष्पलाल चक्रपथ अन्तरगत पर्ने काँठ क्षेत्रका प्रत्येक एक घरमा एक धारा बितरण गर्ने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरिसकेको र सम्बन्धित भेगमा प्राविधिक सर्वे र निर्माण कार्य आगामी मंसिर मसान्तसम्ममा शुरुआत् गरिने उल्लेख गर्नुभयो ।

मन्त्री फुँयालले भौतिक पूर्वाधार विकास मन्त्रालयमा बजेट विनियोजित भएअनुसार करिब ७५ प्रतिशत विकास पूर्वाधार निर्माणका लागि बोलपत्र आह्वान गर्ने काम सकिएको र यसै आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेशका १३ जिल्लाको ६६ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना, विकास पूर्वाधार निर्माणको क्रममा सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष रेखदेखमा निर्माण कार्य प्रारम्भ भइरहेको पनि जानकारी दिनुभयो ।

मन्त्री फुँयालले राष्ट्रको आर्थिक सुदृढीकरणका लागि पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकारले अहिले डिपिआर तयार गरिरहेको र केही समयपछि निर्माण कार्य प्रारम्भ हुने जानकारी दिनुभयो ।