
बागलुङ, कात्तिक २६ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ ।
८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वि.सं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका उहाँ वि.सं २०४३ मा स्वास्थ्य राज्यमन्त्री हुनुभएको थियो ।
त्यसअघि उहाँ शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बन्नुभएको थियो ।
गौचन वि.सं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभएको थियो ।
वि.सं २०४८ को चुनावमा गौचन नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित हुनुभएको थियो ।
राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत हुनुहुन्थ्यो ।
वि.सं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उहाँ प्रधान संरक्षक हुनुहुन्थ्यो ।
जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताउनुभयो ।
दिवङ्गत गौचनका एक छोरा र चार छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्