२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

नेता चित्रबहादुर केसीको उपचार खर्च हामी ब्यहोर्छौंः सरकार


0
Shares

Chitrabahadur kc corona infected government treatment

काठमाडौं, कात्तिक २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

कोरोना संक्रमण भई उपचाररत पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।

अर्थ मन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

मन्त्री पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिँदै लेख्नुभएको छ, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको तथा निमोनियासमेत भएकाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।