
काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको छ ।
नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार निर्माण हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
बुधबार नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।
संखुवासभाको कार्यक्रमबाट साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो ।
यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्