२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तिहारको किनमेल गर्नेको यस्तो घुईंचो, छैन कोरोनाको त्रास


0
Shares

Thar Dipawali corona crowd kathmandu

काठमाडौं, कात्तिक २७ । नेपालीको ठूलो चाड मध्येको एक तिहार शुरु भैसकेको छ । यमपञ्चकका रुपमा लिइने दिपावलीका अवसरमा किनमेल गर्नेको बजारमा यतिबेला थामिनसक्नु घुईंचो लागेको छ ।

काठमाडौंको मुख्य बजार मानिने असन, इन्द्रचोक र न्यूरोडलगायत क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री जोहो गर्नेको ठूलो भीड लागेको हो ।

यस्तै भीड देशका सबैजसो बजारहरुमा पनि लागेको छ । काठमाडौंमा दिन दिनै कोरोना भाइरसको संक्रमित बढिरहे पनि बजारमा भने थाम्नै नसक्ने भीड लागेको देखिन्छ ।

वत्ति, मिठाई, फूलको पर्वका रुपमा लिइने तिहारको पाँच दिनका लागि आवश्यक पर्ने सामग्री जोहो गर्न मानिसहरु कारोनाको जोखिम मोलेरै हिडेको देखिन्थे ।

दिदीभाइबीचको पवित्र नातालाई जिवन्त राख्ने यस पर्वको पाँच दिन मध्ये पहिलो दिन काग पूजा, दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन गाई तथा लक्ष्मी पूजा, चौथो दिन गोरु र गोबर्धन पूजा एवं म्ह पूजा तथा पाँचौं दिन भाइटीका लगाउने परम्परा रहेको छ ।

प्राचीन समयदेखि नै तिहारका अवसरमा कृषिसँग जोडिएका जनावरहरुको पूजा गर्ने परम्परा रहँदै आएको छ ।