५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै


0
Shares

काठमाडौं, कात्तिक २८ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व शुक्रबार सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ ।
यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ ।

यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ ।

धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ ।

भाण्ड त्रयोदशी समेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ ।

यस विश्वासका आधारमा भाँडा पसलमा ग्राहकको भीड लाग्छ ।

भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राखिएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विगत वर्षमा जस्तो भाँडाको व्यापार नभएको चावहिलमा भाँडा पसल सञ्चालन गर्दै आउनुभएका रामबहादुर श्रेष्ठले बताउनुभयो ।

यमपञ्चकको पहिलो दिन बिहीबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान शुरु भएको छ ।

यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताउनुभयो ।