
काठमाडौं, कात्तिक २८ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले कार्यान्वयन चरणमा रहेका ठूला लगानीहरुमा कोभिड (कोरोना)को असर नपरेको बताउनुभएको छ ।
मुलतः कार्यान्वयन चरणमा अर्थात निर्माण चरणमा गएका आयोजनामा कुनै प्रभाव नपरेको उहाँको दाबी छ ।
आयोजनाहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गरी क्वारेन्टाइनको रुपमा बसेर काम गर्दै रहेको र आफुहरु पनि उनिहरुलाई सहजीकरण गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
सटहीका कुरा, नागरिक तहमा सहजिकरण गर्ने लगायत सुविधाका सवालमा आफुहरुले सिफारिस गर्नुपर्ने चिजहरुमा लगानीकर्तालाई सहजिकरण गरेको उहाँको भनाइ छ ।
तर सिमेन्ट उत्पादकले आफ्नो उत्पादन बजारमा लैजादाको अवस्थामा उपभोग हुन्छ की हुँदैन भन्ने पाटोमा र निर्माण क्षेत्र कसरी अगाडि बढ्छ भन्ने कुराबाट प्रभावित हुने भने देखिन्छ ।
अहिले राष्ट्रिय योजना आयोगले कोभिडको असर प्रभावको बारेमा यसलाई कसरी रेस्पोन्स गर्ने, समग्रमा रिकभरी प्लान र भोलिको अवस्था के हुन्छ, रिबाउण्डिङ अप्रोच के हुन्छ भन्ने अध्ययन टुङ्ग्याएको छ ।
अव लगानीबोर्डले जुन रणनीतिक योजना तर्जुमा गर्छौं भन्दैछ त्यसमा तत्काल हाम्रो रणनीति के हुन्छ र हाम्रा उद्देश्यहरु के हुन्छन त्यसमा हामीले स्पेसल टास्क फोर्स (कार्यदल) गठन गरेर अध्ययन गरिसके पस्चात लगानीकर्तालाई के कसरी आकर्षीत गर्ने, लगानी प्रवद्र्धन गर्ने सवालमा के रणनीति अवधारणा अख्तियार गर्ने भन्ने सम्बन्धमा छलफलकै चरणमा रहेको भट्टले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्