१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टी एकता गम्भीर मोडमा पुग्योः मुख्यमन्त्री शंकर पोखरेल


0
Shares

Shankar pokhrel statement on dahal letter

काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री एव शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको टिप्पणी गर्नुभएको छ ।

पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको उहाँको आरोप छ ।

नेता पोखरेलले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्दै दाहालको प्रस्ताव प्रथम अध्यक्ष केपी ओलीविरुद्ध संगीन आरोप भएको पनि बताउनुभएको छ ।

पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेलले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’

पोखरेलको थप भनाइ छ, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।’

पोखरेलले व्यक्तिगत पत्र र संस्थागत पत्रको फरकपन बुझ्न सम्झाउँदै दाहाललाई भन्नुभएको छ, ‘व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’

https://www.facebook.com/shankar.pokhrel.946/posts/1717397351749474

पछिल्ला दिन नेकपामा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच पार्टी र एक्लाएक्लै बैठकमा भनाभन मात्र भइरहेको छैन, दुबैबीच पत्रयुद्ध पनि शुरु भएको छ । ओलीले दाहालमाथि र दाहालले ओलीमाथि पार्टी एकताको मर्म र भावना विपरित काममा लागेको आरोप लगाउनुभएको छ ।