
पाल्पा, काठमाडौं, कात्तिक २९ । पाल्पामा उत्पादन हुँदै आएको झिनियाँ रोटीको व्यापार बढ्दै गएको छ ।
भाइटीका नजिकिँदै गर्दा झिनियाँ रोटीको व्यापामा वृद्धि भएको हो ।
यहाँ उत्पादन हुने रोटी बुटवल, भैरहवा, पोखरा, नारायणगढलगायतका शहरमा समेत बिक्री हुने गरेको छ ।
झिनिया रोटी बिक्री गरेर तानसेनका करीब १ सय घरपरिवारले तिहारमा राम्रो आम्दानी गरेका छन् ।
तानसेनको बसन्तपुर, टक्सार, मखनटोल, भगवती टोललगायत रामपुर, सराई, खहरे बजारमा झिनियाँ रोटी बनाउने गरिन्छ ।
व्यवसायीहरुले झिनिया रोटी बेचेर दसैं तिहारलगायतका पर्वमा २० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
नेवारी समुदायमा मात्र बढी चलन चल्तीमा रहेको झिनिया रोटी आजकल अन्य समुदायले पनि प्रयोग गर्न थालेका कारण यसको व्यापार बढेको हो ।
रंगीविरंगी झिनिया रोटी अन्य रोटीको दाँजोमा आकर्षक देखिएका कारण पनि यसको व्यापार बिस्तार भएको हो ।
नेवारी समुदायले भने बाहै्र महिना झिनियाँ सिन्के रोटी प्रयोग गर्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्