
पाँचथर, कात्तिक २९ । पाँचथर र ताप्लेजुङमा संचालनमा रहेका आयोजनाहरुले अपेक्षित गति लिन सकेका छैनन् ।
पुर्वाधार विकास कार्यालय पाँचथरबाट पाँचथर र ताप्लेजुङमा संचालन भएका ३२ वटा ठुला योजनाहरु संचालनमा छन् ।
दुई जिल्लामा एक अर्ब १५ करोड रुपैँया बराबरका योजनाहरु संचालनमा छन् ।
पाँचथरमा तीन र ताप्लेजुङमा दुई वटा बहुवर्षे योजनाहरु बाहेक सबै योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्नुुपर्ने थियो ।
कोरोना महामारीसंगै काम गर्न नपाउँदा र ठेकेदारको ढिलासुस्तीले ३२ वटा योजना सम्पन्न हुन नसकेको पुर्वाधार विकास कार्यालय प्रमुख ललित कुमार चौधारीको भनाइ छ ।
सम्पन्न हुन नसकेका अधिकांश योजनाको ३० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन ।
पाँच वटा बहुवर्षे योजनामा कालोपत्रे सडक निर्माणको काम रहेको छ ।
ताप्लेजुङमा २८ वटा योजनामध्ये १३ वटा योजना सम्पन्न हुन सकेका छैनन् ।
त्यसैगरी पाँचथरमा संचालनमा रहेका ३४ वटा योजनामध्ये १७ वटा योजना र दुई जिल्ला जोड्ने दुई वटा झोलुङ्गे पुल पुरा हुन नसकेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्