
काठमाडौं, कात्तिक २९ । शनिबार (आज) कुकुर तिहार ।
सबै नेपालीका घर आगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ ।
आजको दिन कुकुरको पूजा नगरी खाएमा पाप लाग्ने भनाई पनि छ ।
तर काठमाडौंमा एउटा यस्तो जोडी पनि छ जसले दैनिक रुपमा उपत्यककाका विभिन्न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । त्यो पनि आफ्नै खर्चमा ।
कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो ।
भैरवको बहान समेत रहेको कुकुरले कुनैपनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ ।
त्यस्तै विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुनु पूर्व कुकुरले सुँघेर वा दायाँ बायाँ कराएर पूर्व सूचना समेत दिने गर्छ ।
त्यसैले प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ ।
यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ ।
यस दिन आफ्नो घरमा पालिएका कुकुर बाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ ।
मिठोमिठो खानेकुरा खुवाइन्छ । अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्व दिदैनन् ।
तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् ।
सौरभ रिमाल लगायतको समूहले दैनिक रुपमा कुकुरलाई खाना तयार गर्ने र विभिन्न ठाउँमा पुगेर खाना खुवाउने काम गर्छन ।
काठमाडौंको टेकु स्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबु स्थित नयाँ बसपार्क, भृकुटी मण्डप, किर्तीपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपासका क्षेत्रमा पुगेर उनीहरुले कुकुरलाई खाना खुवाउँदै आएका छन् ।
भोकका कारण सडक कुकुरहरुलाई मर्ने अवस्थामा देखेपछि रातोपुल स्थित डल्ले रेस्टुरेन्टमा खाना पकाई विभिन्न ठाउँमा पु¥याएर खाना खुवाउने काम दैनिक रुपमा गरिरहेको सौरभ रिमालले बताउनुभयो ।
बाइट…
आज काठमाडौंको टेकु क्षेत्रमा पुग्दा उनीहरुले कुकुरलाई खाना खुवाउँदै गरेको भेटियो । लकडाउन सुरुभएसँगै सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएको रिमालले बताउनुभयो । आजको दिन मात्र नभई सडकमा रहेका कुकुरहरुलाई आगामी दिनमा समेत खाना खुवाउने कामलाई निरन्तरता दिने योजना रहेको पनि रिमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्