१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरदैलो कार्यक्रम गर्दै कांग्रेस नेता जोशी


0
Shares

काठमाडौं, कात्तिक २९ । कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले घरदैलो कार्यक्रम गर्नुभएको छ ।

नेता जोशीले काठमाडौंको ८ नं क्षेत्रमा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी मूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गर्नुभएको हो ।

विभिन्न चिकित्सक सहितको टोली बनाएर नेता जोशीले केही दिन देखि घरदैलो कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।

काठमाडौं क्षेत्र नं. ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पुरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशिले बताउनुभयो ।

शनिबार घरदैलो कार्यक्रममा सहभागी हुनुभएका बीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताउनुभयो ।

घरदैलो कार्यक्रमका क्रममा प्रत्येक घरमा मास्क वितरण समेत गरिएको छ ।

यस्तै कुनैपनि समस्या आएमा चिकित्सकलाई सिधै फोन गरी आवस्यक सल्लाह सुझाव लिने व्यवस्था मिलाइएको पनि डा. बस्नेतले बताउनुभयो ।