
रसुवा, कात्तिक २९ । रसुवा भन्सारको असूलीमा सुधार आउन थालेको छ ।
रसुवागढी नाका बाट आयात हुने सामग्रीको परिमाण बढे संँगै भन्सार असुलीमा सुधार आउन थालेको हो ।
साउन देखि हाल सम्म भन्सार शुल्क वापत करिब एक अर्ब रुपैया राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले जानकारी दिनुभयो ।
कोभिडका कारण बन्द अन्तर्राष्ट्रिय रसुवागढी नाका गत असार देखि पुनः सञ्चालनमा आए पछि अहिले चीनबाट आयात हुने सामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
चिनियाँ व्यवसायीले दैनिक पाँचवटा ठूलो ट्रेलर मार्फत मितेरी पुल सम्म माल सामान ल्याउने गरेको जनाइएको छ ।
स्वास्थ्य परीक्षण र सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लोड गर्न र रसुवागढी देखि टिमुरेमा रहेको भन्सार हाता सम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको छ ।
सामान लोड गर्नका लागि मजदूर र कन्टेनर सञ्चालन गर्न चालकको व्यवस्था मिलाइएको छ ।
आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, खेलौना, जलविद्युत आयोजनाका उपकरण लगायत छन् ।
रसुवागढी नाका पुनःसञ्चालनमा आएसंँगै चिनियाँ ढुवानी कर्ताले कायम गरेको केरूङ देखि रसुवागढी सम्मको भाडा दर पछिल्लो समयमा भारी मात्राले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्