२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तिहारमा कोरोनाको बहाना गर्दै सामानको मनपरी मूल्य वृद्धि


0
Shares

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, कात्तिक २९ । यतिखेर नेपालीहरु दोस्रो ठूलो चाड तिहारको रमझममा रहेका छन् ।

कोरोनाका कारण यस पटकको चाड प्रभावित भएपनि सर्वसाधारण आफुहरुमै रमाएर पर्व मनाइरहेका छन् ।

तिहारको किनमेलका लागि बजारमा भीड बढ्दा जोखिम त बढेको छ नै कोरोनाकै बहानामा बजारमा भाउ पनि आकासिएको छ ।

तिहार, दाजुभाई र दिदी वहिनी बीचको प्रगाढ सम्बन्ध बुझाउने, झिलिमिली वत्ति र सास्कृतिक महत्व दर्शाउने पर्व ।

प्रकृति, पशु र मानविय सम्बन्ध बुझाउने पर्वको रुपमा समेत परिचित छ तिहार ।

तिहारका पाँच दिन मध्ये भाई टीकाको दिन प्रमुख दिन हो ।

जुन दिन दिदीबहिनी र दाजुभाईबीचको आत्मीयता साटासाट गर्ने गरिन्छ ।

दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका र सयपत्री, मखमली फूलको माला लगाएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

यो पर्वमा फूलको प्रयोग सर्वाधिक हुने गर्दछ ।

सस्कृतिविद्हरुका अनुसार सय वटा शरद ऋतु देख्न र बाँच्न पाऊन भन्ने कामनाका साथ तिहारमा सयपत्री फूलको प्रयोग हुने गर्छ ।

तिहारमा काग, कुकुर, गाई, गोरु र धन धान्यकी देवी लक्ष्मीको पूजामा समेत गोदावरी, मखमली र सयपत्री फूलकै प्रयोग गर्ने चलन रहेको छ ।

तिहारमा फूलको खपत निकै हुने गर्छ । यमपञ्चक सुरु भएदेखी नै काठमाडौंका सडक गल्लीमा सयपत्री, मखमली फूलको व्यापार फस्टाएको देख्न सकिन्छ ।

कालीमाटी, बल्खु, असन, जमल, बानेश्वर, न्यूरोड क्षेत्रमा मखमली र सयपत्री फूलको कारोवार निकै हुने गर्छ ।

कोरोना संक्रमण बढिरहेकै विचमा तिहारको महोल सुरुभएका कारण सडक, बजारमा अघिल्ला बर्षहरुका तुलनामा भने मानिसको भिड्भाड यस बर्ष केही कम देखिएको छ ।

जसो तसो डराई डराई सामान खरिद गर्न आएका ग्राहकहरु तिहारको मौका छोपेर सामानको मुल्य भने निकै आकासिएको गुनासो गर्दछन् ।

लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामग्री, सयपत्री, मखमली पूmल, पाला, पुजा सामाग्रीको मुल्य निकै बढेको उपभोक्ताहरु बताउँछन् ।

यस पटक भारतीय फूल आयात न्यून हुँदा सबै सामानको मुल्य बढेर नै आएका कारण मंहगो मुल्यमा वेच्न बाध्य भएको व्यापारीहरुको भनाई छ ।

तिहारका बेला भने घर, कार्यालय, सजाउन मखमली र सयपत्री फूलको प्रयोग बढी हुने गर्छ ।

यस्ता फूलहरुको प्रयोगले समेत तिहार पर्वको महत्व र आकर्षण बढाउन विशेष भूमिका खेलेको मान्न सकिन्छ ।

तर बजारमा आवश्यक सुरक्षा सतर्कता नअपनाई सामाग्रीको जोहो गर्नेहरुको घुईचोका कारण भने संक्रमण आगामी दिनमा झन बढ्ने देखिएको छ ।

यसका लागि व्यवसायी, उपभोक्ता सबै सजग हुनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्