
चितवन, कात्तिक ३० । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका काँडाघारी स्थित एपोलो पेन्ट्स प्रालीबाट ९७ लाख चोरी गर्ने कार्यालयका सुरक्षा गार्ड ४० बर्षिय कविराज थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले यहि कार्तिक २७ गते राती लकर फुटाई नगद चोरी गरेको प्रहरीले जनकारी गराएको छ ।
प्रहरीले उनकै घरको खाटमुनिबाट ५७ लाख र घर कै छेउँमा रहेको झाडीबाट ४० लाख बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्