
फाइल तस्बिर
दाङ, कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले सरकार परिवर्तन भन्दा स्थायित्व आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार दाङको तुलसीपुर स्तिथत शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा बोल्दै उहाँले सरकार परिवर्तन जनताको हितमा नभएको बताउनुभएको हो ।
उहाँले सरकार फेरेपछि केही पाहिन्छ की भन्दै केही नेताहरु सरकार फेर्न लागिपरेको आरोप लगाउनुभएको छ ।
त्यसैगरी मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछिको ३ बर्षमा धेरै प्रगती भएको ठोकुवा पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्