१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एउटा चुनावले ‘सत्यको क्षय’ लाई रोक्ने छैनः बराक ओबामा


0
Shares

Obama support to biden victory

एजेन्सी, मंसिर १ । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले एउटा चुनावले सत्यको क्षयलाई रोक्ने छैन भन्नुभएको छ ।

ओबामाले अमेरिकासमक्ष देशलाई गहिरोसँग विभाजित गर्ने ‘सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू’ लाई उल्टाउनुपर्ने ठूलो काम रहेको पनि प्रष्ट गर्नुभएको छ ।

बीबीसीसँगको अन्तर्वार्तामा ओबामाले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको पनि बताउनुभयो ।

चार वर्षअघि सन् २०१६ को निर्वाचनमा डोनल्ड ट्रम्प राष्ट्रपति चुनिनुभएको थियो । राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको आरोप ओबामाको थियो ।

ओबामाले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडनको विजय त्यस्ता खाले विभाजनका प्रयासलाई सच्याउने कार्यको शुरुवात भएको बताउनुभयो ।

त्यस्ता प्रवृत्ति उल्ट्याउन एउटा चुनावभन्दा धेरै समय लाग्ने भन्दै उहाँले ध्रुवीकृत राष्ट्रसँग जुझ्न राजनीतिज्ञहरूको निर्णयमा मात्र छाड्न नसकिने बताउनुभयो ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनसँग अहिलेको अवस्थामा एउटा राष्ट्रपतिसँग हुनुपर्ने सबै गुण भएको पनि ओबामाले बताउनुभयो ।

आगामी पुस्ताको परिष्कृत सोचमा ठूलो आशा देखेको बताउनुहुने ओबामाले युवापुस्तालाई ‘विश्वलाई परिवर्तन गर्नसक्ने सावधानीपूर्ण आशावादको सञ्चार गर्न’ र ‘त्यो परिवर्तनको हिस्सा बन्न’ आह्वान पनि गर्नुभयो ।