१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्रीले लगाउनुभयो बहिनी कौशल्याको हातबाट भाइटीका


0
Shares

काठमााडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाउनु भएको छ ।

प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिनु भएको हो ।

बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाउनुभयो ।

बिहान ११ः३७ को शुभसाइतमा बहिनी कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिनु भएको हो ।

प्रधानमन्त्री ओलीका अन्य दिदीबहिनी काठमाडौंमा नरहेका कारण बहिनी कौशल्याले मात्र उहाँलाइ भाइटीका लगाइदिनु भएको हो ।