
महेन्द्रनगर, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा सोमबार दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र यहाँको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा पुर्याइएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्