
काठमाडौं, मंसिर १ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
शंखधर शाख्वाको शालिकमा माल्र्यापणपछि आयोजना भएको कार्यक्रममा मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो ।
उपत्यका मेयर फोरमका सचिव समेत रहनुभएका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरु उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताउनुभयो ।
उहाँले मंसिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रुपमा लिएर गम्भिरताका साथ काम गर्नुपर्ने बताउनुभयो ।
केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाइृ छठपछि कडा लक डाउन जारी गरी उपत्यकामा बढ्दो संक्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शंखधरको सम्मानमा सरकारले रोजगारीमुलक र विकासका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्