८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु


0
Shares

गण्डकी, मंसिर १ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ ।

भाइटिकाको दिन सोमबार पोखरामा एक कोरोना सङ्क्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ¬पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० कर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

कात्तिक ३० गते कोराना सङ्क्रमण पुष्टि भई उपचाररत पुरुषको सोमवार ५ः२२ बजे निधन भएको निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिनुभयो । रासस