
धनकुटा, मंसिर २ । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ ।
महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई सोलार वितरण गरेर नगरका हरेक घरलाई उज्यालो अभियान सुरु गरेको हो ।
महालक्ष्मी नगरपालिकाका मेयर पर्शूराम नेपालले आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुलीबत्ती बाल्न नपाएका बिपन्न परिवारलाई लक्षित गरी उज्यालो नगर अभियान सुरु गरिएको बताउनुभयो ।
बत्ति नहुँदा टुकी बालेर दैनिकी चलाउँनु पर्ने बाध्यताका कारण कुनै पनि परिवार उज्यालोबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्य नगरपालिकाको छ ।
प्रतिक्रिया दिनुहोस्