२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुराका युवाले शुरु गरे कंक्रिट उद्योग


0
Shares

डडेल्धुरा, मंसिर २ । डडेल्धुरामा पहिलो पटक कंक्रिट उद्योग खुलेको छ ।

ईन्जिनियरिङ अध्ययनका बिद्यार्थी टेक बहादुर बिष्टले आफ्नै लगानीमा अमरगढी नगरपालिकाको कीर्तिपुरमा ईंट्टा फेबरबल्क, र सिएसईबि क्रंक्रिट उत्पादन शुरु गरेका हुन ।

बेताल क्रंक्रिट उद्योगका बालुवा गिट्टि, चालेको माटो मिश्रण गरेर कम्प्रेसिभ स्टेबिलाईज अर्थ ब्रिकको रुपमा उत्पादन शुरु गरिएको हो ।

उद्योगमा १० जना स्थानीय युवाले रोजगार समेत पाएका छन ।

नयाँ प्रबिधिको नर्मल तथा ईन्टरलक सिमेन्ट जोडाई रहेको बेताल क्रंक्रिट आफ्नो घर छेउमै सस्तो र गुणस्तरिय उत्पादन पाउन थाले पछि स्थानीयले ईंटाको सट्टा बेताल क्रंक्रिट प्रयोग गरेर घर निर्माण गर्न थालेका छन ।

रातो ईंटाको घर निर्माण खर्च भन्दा मितव्ययि र कम मसला लाग्ने भएकाले स्थानीय पनि क्रंक्रिटतिर आकर्षित भएका छन् ।

यहिको उत्पादनबाट ३० प्रतिशत सस्तो मूल्यमा घर संरचना निर्माण हुने बताइएको छ ।