
पाल्पा, मंसिर २ । पाल्पामा कुरीलो खेतीबाट किसानले मनग्य आम्दानी लिन थालेका छन् ।
जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अग्र्यानिक कुरिलो खेती गरेर किसानहरुले राम्रो आम्दानी गर्न थालेका हुन् ।
बग्नासकाली गाँउपालिकाको वराङ्गदीमा कुरिलो खेतीले व्यवसायिक सफलता प्राप्त गरेपछि व्यवसाय प्रति थप आर्कषण वढेको हो ।
कम लगानीमा बढी आम्दानी, बजारको सहज पहुँच जस्ता कारणले किसानलाई थप उर्जा मिलेको हो ।
स्वास्थ्यका लागी समेत शक्तिबद्र्धक मानिने कुरिलो खेतीको विस्तारका लागी स्थानीय सरकारले समेत अग्रसरता लिएको छ ।
कुरीलो प्रतिकेजी ६ सय रुपैंयाँ सम्ममा बिक्री हुने भएकाले पनि कृषकहरुको यस खेतीमा आकर्षण बढ्दै गएको हो ।
प्रतिक्रिया दिनुहोस्